काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबारबाट राजधानीको भृकुटीमण्डपमा अवस्थित राष्ट्रियसभा गृहमा जनप्रतिनिधिलाई प्रशिक्षण सुरु गरेको छ। देशभरबाट निर्वाचित २०५ जना प्रमुख र २४० उपप्रमुखलाई काठमाडौं बोलाएर आज र भोलि एमालेले प्रशिक्षण दिँदैछ।
एमालेको प्रशिक्षण सुरु हुँदैगर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राष्ट्रिय सभागृह पुगेका थिए। मेयर शाह काठमाडौंमा स्वतन्त्रबाट निर्वाचित भएका हुन्। शाह सभागृह पुगेपछि केही एमालेका जनप्रतिनिधि र सञ्चारकर्मीले उनलाई घेरेका थिए। मेयर बालेन्द्र केहीबेर सभागृहभित्र बसेर निस्किएका थिए। उनले केहीसँग सामूहिक तस्बिर र केहीसँग सेल्फी लिएर फर्किए।
सभागृहमा महानगरपालिकाका केही विभागीय कार्यालयहरु पनि छन्। प्रमुख शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार सभागृहस्थित विभागको कार्यालयमा बजेटको काम परेर उनी त्यहाँ पुगेका थिए।
एमालेबाट निर्वाचित उपमेयर सुनिता डंगोल भने प्रशिक्षणमा सहभागी छन्। सभागृहबाट निस्किएर महानगरपालिकाको कार्यालयमा रहेका बैठकहरूमा सहभागी हुन पुगेका छन्।
प्रकाशित मितिः २०७९ असार ०२ बिहिबार
Comments