काठमाडौं । नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बिहीबार रात्रिभोज दिइने भएको छ। बिहीबारदेखि सुरु प्रशिक्षण कार्यक्रमको बन्द सत्र सुरु चलिरहँदा यसबारे जानकारी दिइएको हो। उद्घाटन सत्र सकिएपछि पत्रकारलाई राष्ट्रियसभा गृहबाट बाहिर पठाएर एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण सुरु गरेका छन।
पार्टी र जनप्रतिनिधिको अन्तरसम्बन्ध, जनप्रतिनिधिको भूमिका र कार्यशैली विषयमा ज्ञवालीले प्रशिक्षण दिइरहेका छन्। बिहीबार पहिलो दिनको सेसन बेलुकी ६ बजेसम्म हुने उनले जानकारी दिए।
बिहीबार पहिलो दिनको सेसन सकिएपछि एमालेले जनप्रतिनिधिहरूलाई साँझ कार्की ब्याङ्क्वेटमा थापा गाउँमा रात्रिभोज दिने भएको छ। जहाँ अध्यक्ष केपी ओली पनि सहभागी हुने उनले जानकारी दिए। त्यहीँ अध्यक्ष ओलीसँग फोटो सेसन र खाना खाने कार्यक्रम राखिएको छ।
प्रकाशित मितिः २०७९ असार ०२ बिहिबार
Comments