काठमाडौं । नेकपा एमालेका सांसद डा. भीमबहादुर रावलले अमेरिकी स्टेट पाटर्नरशिप प्रोगाम (एसपीपी) कार्यान्वयन भएमा नेपाल अमेरिकी सेनाको अखडा बन्ने दाबी गरेका छन् ।बिहीबार काठमाडौंमा आयोजित पूर्व सुरक्षा परिषद्ले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दैै पूर्वमन्त्री समेत रहेका नेता रावलले सो कुरा बताएका हुन् ।
नेपालले अमेरिकासँगको उक्त सम्झौता गरेमा नेपालको संविधान मिचिने, स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुने र नेपाल एशिया प्रशान्त क्षेत्रको भूमरीमा फस्ने दाबी गरे ।
‘यदि त्यो दिशामा गयो भने नेपाल अमेरिकी सेनाको अखडा हुन्छ । नेपालको संविधान मिचिन्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ र नेपाल आजको प्रतिस्पर्धी विश्वमा एशिया प्रशान्त क्षेत्रको भुमरीमा फस्छ ।’ उनले भने ।
नेपालमा एसपीपी सम्झौता हुन लागेको भन्ने समाचारहरु बाहिरिएपछि संसदमा त्यसको चर्को विरोध भइरहेको छ ।
प्रकाशित मितिः २०७९ असार ०२ बिहिबार
Comments