काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले आफूलाई फसाईएको प्रतिक्रिया दिएकी छन्। हाल लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत रहेकी राज्यमन्त्री वलीले बारम्बार अनुरोध गर्दा पनि सापटी लगेको पैसा नदिएपछि आफू एकराज बस्नेतको घरमा पुगेको स्पष्ट पारेकी छन्। तर, त्यहाँ पुग्दा एकराजका दाई लगायतले आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्नेगरि षडयन्त्र गरेको उनले बताइन्।
‘जब म घरमा पुगेँ, त्यहाँ एकराज नभेटिएपछि ‘खोइ १ एकराज भनेर सोधेकी हुँ,’ विमलाले भनिन्, ‘भर्खरै फोन भएको, अहिले पनि सम्पर्क हुँदैन भनेर मैले भनेँ ।’ त्यसपछि एकराजको श्रीमतीले जेठाजु वीरेन्द्र बस्नेतलाई बोलाएको विमलाले बताइन्। विमलाका अनुसार एकराजकै घर जानुभन्दा केही समय अघिसम्म पनि फोनमा कुरा भइरहेको थियो।
जब उनी घरमा पुगिन् त्यसपछि एकराजलाई भेट्टाउन नसकेको मन्त्री विमलाको भनाइ छ। दाङको तुलसीपुरमा माओवादी कार्यकर्ता एकराजको घरमा पुगेर उनकी श्रीमती र बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले विमलालाई हिजो नियन्त्रणमा लिएको थियो।
राज्यमन्त्री वलीलाइ अचानक स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेसिक अस्पतालमा भर्ना गरीएको हो। उनको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ।
प्रकाशित मितिः २०७९ असार ०२ बिहिबार
Comments