काठमाडौं । निर्वाचन आयोगले ६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छपाइ गर्ने आयोगले निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए।
महानगरपालिकाका मतपत्रमा राष्ट्रिय दलहरुले समेत जुन–जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न राखिने भएको छ। उम्मेदवारी नदिएको पदमा चुनाव चिह्न नरहने भएको छ। त्यसले मतदान कार्यमा मतदातालाई सहज बनाउने विश्वास आयोगले लिएको आयोग पदाधिकारीको भनाइ छ।
१ करोड ९४ लाखमध्ये १ करोड ३६ लाख मतपत्र छपाइ सकिएको छ। अब ६ वटा महानगरपालिका भक्तपुर जिल्लासहित १८ वटा जिल्लाको मतपत्र छाप्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले जानकारी दिए।
प्रकाशित मितिः २०७९ बैशाख ११ आइतबार
Comments