काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जिल्ला अनुसार फरक–फरक मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुर्याएको छ।
आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाइ कार्य भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
जिल्लाबाट निर्वाचनमा भाग लिने दलहरुको संख्या अनुरुप जिल्लापिच्छे फरक–फरक आकारको मतपत्रको डिजाइन गरिएको छ। स्थानीय तहको निर्वाचनमा यस पटक मतपत्र सानो छ। मतपत्रको लहर ५६ मा सीमित गरी निर्वाचन आयोगले मतपत्र छापेको हो।
सबैभन्दा लामो मतपत्र काठमाडौँ जिल्लाको ५६ लहरको छ। आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरेको हो।
प्रकाशित मितिः २०७९ बैशाख ३ शनिबार
Comments