काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र सुरु भएको छ । बन्दसत्र काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
१६ बढी प्रतिनिधिहरू बन्दसत्रमा सहभागी हुनेछन् । बन्दसत्र सुरु हुनुअघि प्रतिनिधिको स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रकाशित मितिः २०७८ पुस १२ सोमबार
Comments