काठमाडौं । प्रदेश २ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेश गर्ने कार्यसूची रहेको सचिवालयका सचिव रन्जितकुमार यादवले जानकारी दिए ।
प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश पेश गर्नेछन्।
यसैगरी प्रदेश सरकारले ल्याउने उक्त अध्यादेशविरुद्ध प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले अध्यादेश अस्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पेश गर्ने बताइएको छ।
प्रकाशित मितिः २०७८ पुस ११ आइतबार
Comments