काठमाडौं । नेपाल मजदुजर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकी सहयोग परियोजना (एमसीसी)को समर्थन गर्नेहरु देशद्रोही भएको बताएका छन।
प्रतिनीधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद सुवालले एमसीसी सम्झौताले नेपालको बिजुली भारत हुँदै सिंगापुर लाने भएकाले यसलाई समर्थन गर्न नसकिने बताए।
विद्युत्तीय सवारी साधन चलाउन देखि उद्योगधन्दा सञ्चालनको लागि नेपालको बिजुली नेपाललाई नै चाहिने उनले स्पष्ट पारे।
एमसीसी सम्झौताको अनुसुची ५ ‘क’ मा भारतको गोरखपुरसम्म प्रशारण लाइन तान्ने काम हुनेछ भनेर उल्लेख भएको भन्दै सांसद सुवालले नेपाल र अमेरिकाबीचको सम्झौतामा भारतसम्म बिजुली पुर्याउने भन्ने प्रसंग कहाँबाट आयो? भन्दै प्रश्न गरे।
देशभक्त नेपालीले यस्तो सम्झौतालाई समर्थन गर्न नसक्ने उनको भनाई छ। एमसीसी समर्थकहरु राष्ट्रघाती र देशद्रोही भएको आरोप लगाए।
प्रकाशित मितिः २०७८ पुस ०७ बुधबार
Comments