काठमाडौं । बागमती प्रदेशसभा बैठकमा पनि प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।
प्रदेशका पूर्वमुख्यमन्त्री रहेका एमाले नेता डोरमणि पौडलले बैठकको सुरुवातमा प्रदेश सरकारले प्रदेशकै बेइज्जत गरेको भन्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध आक्रोश व्यक्त गरेका थिए । उनले बोलेलगत्तै एमालेका सांसदले उभिएर विरोध जनाएका थिए ।
अवरोधका बीच सभामुख सानुकुमार श्रेष्ठले पटक(पटक एमाले सांसदलाई बस्न आग्रह गरे पनि नमानेपछि भोलि ११ बजेसम्मको लागि प्रदेशसभाको बैठक स्थगित भएको सभामुख श्रेष्ठले सदनलाई जानकारी दिएका छन् ।
प्रकाशित मितिः २०७८ पुस ०७ बुधबार
Comments