काठमाडौं । कांग्रेस महाधिवेशन अन्तर्गत मंगलबार सकिएको मतगणनाअनुसार सुदूरपश्चिम क्षेत्रबाट खुलातर्फ यज्ञराज जोशी र डा रणबहादुर रावल विजयी भएका छन्।
रावलले २६६९ मत ल्याएका थिए भने जोशीले २०४४ मत ल्याएका थिए। त्यस्तै, सुदूरपश्चिम महिला खुलातर्फ सुशीला मिश्र भट्ट २४२२ मत ल्याएर विजयी भएकी छन्।
त्यस्तै, कर्णाली प्रदेश महिलामा जानकी सिंहले २६२४ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी छन्।
त्यस्तै कर्णाली प्रदेश पुरुष खुलातर्फ राजीवबिक्रम शाहले २८२० मत ल्याएर जित हात पारेका छन् भने कर्णबहादुर बुढाले २२०० मत ल्याएर जित हासिल गरेका छन्।
प्रकाशित मितिः २०७८ पुस ०७ बुधबार
Comments