काठमाडौं । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल एमालेको विरोध कायमै राखेको छ । आज बैठक सुरु हुनेबित्तिकै नाराबाजी गर्दै एमालेले संसद् अवरुद्ध गरको हो ।
सभामुख अग्नि सापकोटाले संसद बैठक संचालनका लागि सहयोग गर्न पटक पटक आग्रह गरे पनि एमालेले नाराबाजी कायमै राखेको छ ।
कारबाही गरिएका संसदलाई सभामुखले मान्यता नदिएर पार्टी फुटाउन सहयोग गरेको भन्दै एमालेले निरन्तर संसद् अवरोध गर्दै आएको छ ।
प्रकाशित मितिः २०७८ पुस ०६ मंगलबार
Comments