काठमाडौं । सांसद प्रेम सुवालले एमसीसी राष्ट्रघाती भएकाले कुनैपनि हालतमा पारित गर्न नहुने बताएका छन् । मंगलबारको संसद बैठकमा बोल्दै सुवालले कुनै न कुनै बहानामा एमसीसी तयारी भइरहेको भन्दै पास गरिए नमान्ने बताए ।
नेमकिपाका सांसद प्रेम सुवालले एमसीसी सम्झौता राष्ट्रघाति भएको भन्दै खारेज हुनुपर्ने बताएका छन्। एमाले अवरोधकै बीच प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन्।
‘एमसीसी सम्झौताको व्यापक चर्चा छ। अमेरिकी सहयोग होइन विष जस्तै हो,’ उनले भने, ‘यो सम्झौता गर्नेले राष्ट्रघाति काम गरेका छन्। एमसीसी खारेज हुनुपर्छ।’
यो सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने उनले बताएका छन्। ‘यो इन्डोप्यासिफिक रणनीतिअन्तर्गत आएको परियोजना हो। राष्ट्रघाती सम्झौतालाई हामी मान्दैनौं,’ उनले भने।
प्रकाशित मितिः २०७८ पुस ०६ मंगलबार
Comments