काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ दलको बैठक सकिएसँगै सर्वदलीय बैठकको तयारी भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ दलहरुको बैठक बसेको हो।
गठबन्धनको बैठक सकिएलगत्तै सर्वदलीय बैठकको तयारी भएको छ। नेताहरू बैठकका लागि आउने क्रम जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। एमसीसी लगायत संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्।
उक्त बैठकमा संसद्को ठूलो दल प्रमुख प्रतिपक्षी नेकपा एमाले भने सहभागी नहुने भएको छ। प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा एमाले अनुपस्थित रहँदै आएको छ।
प्रकाशित मितिः २०७८ पुस ०४ आइतबार
Comments