काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि जारी मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । बिहान पौने ११ बजेबाट सुरु भएको दोस्रो दिनको गणनाको पछिल्लो मतपरिणाम अनुसार झण्डै २ हजार ९ सय ९३ मत गणना गरिएको छ।
जसअनुसार डा. शशांक कोइराला २ हजार ४ सय ४२ मतका साथ सबैभन्दा अगाडि छन्। यस्तै एनपी साउद १ हजार ८ सय ९६ मतले दोस्रो स्थानमा कायमै देखिएका छन्। गृहमन्त्री बालकृष्ण खाँण १८५१ मतसहित तेस्राे स्थानमा छन्।
प्रकाशित मितिः २०७८ पुस ०४ आइतबार
Comments