काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज दिउँसो ३ बजे बस्दैछ । सर्वदलीय बैठकअघि सत्तारुढ दलहरूको बस्ने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बताए ।
उनका अनुसार राष्ट्रिय मुद्दामा सत्तारुढ दलहरूभित्र साझा धारणा तय गर्नेबारे छलफल गर्न बैठक बस्ने भएको हो । आजको सर्वदलीय बैठकको एजेण्डा अमेरिकी सहयोग परियोजना एमसिसीबारे के गर्ने भन्ने छ ।
अमेरिकाले उक्त परियोजना छिटो संसदबाट अनुमोदन गरेर कार्यान्वयन प्रक्रियामा अघि बढ्न सरकारमाथि दबाब दिँदै आएको छ । परियोजना कार्यान्वयनबारे कांग्रेससहित एमाले सकारात्मक छन् ।
माओवादी, नेकपा (एकीकृत समाजवादी) ले परियोजनाको सम्झौतामा रहेका केही प्रावधान संशोधन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । तर, जनमोर्चासहित नेपाल मजदुर किसान पार्टीले भने विरोध गर्दै आएको छ ।प्रधानमन्त्री देउवाको आह्वानमा आज ४ बजे सर्वदलीय बैठक बस्दैछ।
प्रकाशित मितिः २०७८ पुस ०४ आइतबार
Comments