काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएको छ । प्रधानमन्त्री देउवाले एमसीसी लगायतका विषयमा छलफल गर्न आज अपरान्ह सर्वदलीय बैठक बोलाएका छन् । तर, एमालेले भने उक्त बैठकमा सहभागी नहुने जनाएको छ ।
नेकपा एकीकृत समाजवादी समेतलाई बैठकमा बोलाइएपछि एमालेले बैठमा सहभागी नहुने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यसअघिका बैठकमा पनि एमाले अनुपस्थित हुँदै आएको छ। एमालेले एकीकृत समाजवादीको दल दर्तालाई अवैध भन्दै आएको छ ।
प्रकाशित मितिः २०७८ पुस ०४ आइतबार
Comments