काठमाडौं । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना जारी छ । अहिलेसम्मको मतगणनाअनुसार नेता शशाङ्क कोइरालाले अग्रता लिएका छन् । एक हजार एक मत गन्दा कोइरालाले आठ सय ८२ मतले अग्रता लिएका छन् ।
त्यसैगरी, दोस्रो स्थानमा बालकृष्ण खाँण छन् । खाँणले सात सय ९७ मत ल्याएका छन् । त्यस्तै, तेस्रो स्थानमा उदयशमशेर राणा छन् । उनले सात सय ५१ मत प्राप्त गरेका छन् ।
प्रकाशित मितिः २०७८ पुस ०३ शनिबार
Comments