भक्तपुर । नेपाली कांग्रेस भक्तपुरका सबै प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ ।
भक्तपुरका ४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको प्रदेशसभा अधिवेशनले यी निर्वाचन क्षेत्रमा नयाँ नेतृत्वको निर्वाचनमार्फत चयन गरिएको हो ।
भक्तपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क) को सभापतिमा जयन्द्र खड्का, सोही निर्वाचन क्षेत्रको प्रदेश सभा (ख) मा शिवप्रसाद अवाल, निर्वाचन क्षेत्र नं. २ (क) प्रदेश निर्वाचन क्षेत्रका सभापतिमा प्रदिप कार्की र निर्वाचन क्षेत्र २ नं. (ख) प्रदेश सभामा ओम प्रकाश श्रेष्ठ सभापति पदमा निर्वाचित भएका छन् । चार प्रदेश निर्वाचन क्षेत्रमा प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए ।
Comments