बागमती प्रदेश सभाको बैठकमा कांग्रेस सांसद नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।
आज पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे वैद्यले दिएको अभिव्यक्ति आपराधिक, अत्यन्तै आपत्तिजन र निन्दनीय रहेको जनाएका छन् ।
प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैं पनि तयार रहेको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको एमालेको ठहर छ ।
‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’
काठमाडौं क्षेत्र नं. ४ क बाट कांग्रेसबाट निर्वाचित वैद्यले शुक्रबार बागमती प्रदेश सभा बैठकमा प्रधानमन्त्री ओलीले सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका थिए । अरु कोही नबने आफू गोड्से बन्न तयार रहेको उनले बताएपछि यसको चौतर्फी आलोचना भइरहेको छ ।
विज्ञप्ति:
Comments