काठमाडौं । गायक सुमन केसी र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘पिपलु’ सार्वजनिक भएको छ । गीतमा अर्जुन थापाको शब्द तथा संगीत छ ।
गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र अस्मिता श्रेष्ठ फिचर्ड छन् । शान थापा निर्देशित भिडियोमा राजीव समरको कोरियोग्राफी छ । भिडियोमा अर्जुन तिवारीको छायांकन, सुरेश काफ्लेको ड्रोन र सुप्रिम पराजुलीको सम्पादन छ ।
प्रकाशित मितिः २०७७ फागुन १७ सोमबार
Comments