काठमाडौं । सम्राट न्यौपानेको चालिसेमा जवानु गीत सार्वजनिक भएको छ। अनन्त कश्यप घिमिरेको शब्द र सम्राट न्यौपानेको आवाजमा रहेको गीतको एरेन्जमेन्ट गायक सम्राट आफैंले गरेका हुन्।
गीतमा पछिल्लो समय अत्यन्त रुचाइएका कलाकार बुद्धि तामाङ नायिका वर्षा शिवाकोटी,सौरभ न्यौपाने र सुशीला थापाको अभिनय छ। गीतको निर्देशन सौरभ न्यौपानेले गरेका छन् भने छायांकन पवन शुशलिङले गरेका छन्।
चर्चित कलाकार समेटेर निर्माण गरिएको गीतको भिडियोमा वर्षा शिवाकोटी आफ्नो प्रेमी छाडेर चालिस कटेका बुद्धि तामाङको पछि लागेको प्रेम कथालाई रमाइलो ढंगले प्रस्तुत गरिएको छ।
प्रकाशित मितिः २०७७ फागुन १४ शुक्रबार
Comments