काठमाडौं । उदीयमान भोजपुरे गायक अमर राईले पूर्वेली लोकभाकामा ‘घुम्दै र फिर्दै’ बोलको गीत बनाएका छन्। गीतको म्युजिक भिडियो राईको आफ्नै युट्युटब च्यानल ‘अमर क्रिएसन’मार्फत मंगलबार सार्वजनिक गरिएको हो।
यसअघि धेरै गीत र म्युजिक भिडियो निर्माण गरिसकेका राईले पूर्वेली लोकभाकाको म्युजिक भिडिओ भने पहिलोपटक ल्याएका हुन्। घुम्दै र फिर्दै’ गीत गायक राईले नै लेखेका हुन् भने गाउन गायिका जुना राईले साथ दिएकी छन्। किरण चाम्लिङ राईको निर्देशनमा तयार भएको भिडिओ भूपेन्द्र तुम्बाहाङ्फेले छायांकन गरेका हुन्।
प्रकाशित मितिः २०७७ फागुन १२ बुधबार
Comments