काठमाडौं । लामो समयपछि अजय देवगन र अभिताभ बच्चन एउटै पर्दामा देखिने भएका छन् । उनीहरू ‘मे डे’मा सँगै देखिने भएका हुन् । अजय देवगनकै निर्देशन रहेको फिल्म ‘मेडे’ मा अमिताभ पनि जोडिएका हुन् । अमिताभ अहिले यसै फिल्मको छयांकनमा व्यस्त हुन थालेका छन् ।
अहिले फिल्मको छायांकन मुम्बईमा गरिदैछ । यस फिल्मको छायांकन केही प्रतिशत गत डिसेम्बरमै गरिएको थियो । कोरोना संक्रमणमुक्त भए पनि अमिताभ बच्चन निकै सजग भएर छायांकनमा सहभागी भएको बताइएको छ ।
उनीहरु ८ वर्ष अगाडि प्रकाश झाको फिल्म ‘सत्याग्रह’ एकसाथ देखिएका थिए । यसअघि अमिताभ र अजयले ‘मेजर साब’, ‘खाकी’, , ‘हिन्दुस्तानकी कसम’, ‘हम किसी से कम नही’लगायत चलचित्रमा सँगै अभिनय गरेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ फागुन ७ शुक्रबार
Comments