काठमाडौं। वाल्ड डिज्नीको कार्टुन ‘स्नो ह्वाइट एण्ड सेभेन ड्राफ’की मुख्य कलाकार मार्ज च्याम्पियनको निधन भएको छ। हलिउड रिपोर्टरका अनुसार मार्जले एक सय १ वर्षको उमेरमा लस एन्जलस्थित घरमा उनको मृत्यु भएको हो।
उनी एम्मी अवार्ड विजेता समेत हुन्। सन् १९७५ मा टिभी फिल्म ‘क्वीन अफ द स्टारडस्ट बलरुम’मा गरेको कोरियोग्राफीका लागि अवार्ड जितेकी थिइन्।
सन् १९१९ मा जन्मिएकी मार्जले १४ वर्षको उमेरदेखि स्नो ह्वाइटको भूमिका निर्वाह गरेकी थिइन्। दुई वर्षसम्म मानिक एक वा दुई दिन छायाँकनका लागि धाइन्। उक्त भूमिका निभाए बापत् एकदिनको दश डलर पारिश्रमिक पाउँथिन्। एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ०७ शुक्रबार
Comments