काठमाडौं । भारतीय गायन रियालिटी शो ‘सारेगामापा लिटल च्याम्प्स २०२०’ को विजेता १२ वर्षीया आर्यनंदा बाबू बनेकी छिन्। आइतवार सम्पन्न ग्राण्ड फिनालेमा आर्यनंदालाई ८ औ सिजनको विजेता घोषित गरिएको हो।
आर्यनंदा केरलाबाट प्रतिनिधित्व गर्छिन्। उनलाई हिन्दी बोल्न आउँदैन। उनी हिन्दी बोल्न सक्दिनन् तर हिन्दी गीत गाएर लाखौ दर्शकको मन जितेकी छन्। आर्यनंदाले विजेता ट्रफीका साथै ५ लाख रुपैयाँको पुरस्कार पनि पाएकी छन्। आफू विजेता घोषित हुँदा आर्यनंदा समारोहमै रोएकी थिइन्।
विजेता बनेपछि आर्यनंदाले आफूले जित्छु भन्ने विश्वास नै नभएको र भगवानको आर्शीवादले यो सबै भएको बताइन्। आफूले लकडाउनको समयमा कडा मेहनत गरेको र आज त्यसको फल प्राप्त गरेको प्रतिक्रिया दिइन्।
आर्यनंदाले हिन्दी नबुझ्दा शब्दको उच्चारण तथा बुझाईमा समेत कठिनाई भोग्नुपरेको अनुभव सुनाइन्। आफूले तालिम लिएको र त्यसले ठूलो मद्दत गरेको उनको भनाई छ।
आर्यनंदाले आफूले बलिउडबाट करियर सुरु गर्न चाहेको र संगीतकार एआर रहमानसँग काम गर्ने इच्छा व्यक्त गरिन्।सारेगामापा लिट्ल च्याम्प्स २०२० को फर्स्ट रनरअप रानिता बनर्जी र गुरकीरत सिंह सेकेण्ड रनरअप भए। एजेन्सी
प्रकाशित मितिः २०७७ असोज २६ सोमबार
Comments