बलिउड अभिनेता अमिर खानकी छोरीले आफू ४ वर्षदेखि डिप्रेशनसँग जुधिरहेको बताएकी छिन् । अमिर खानकी पहिली पत्नी रिना दत्तकी छोरी इरा खानले आफूमा ४ वर्षदेखि क्लिनिकल डिप्रेशनमा रहेको जानकारी दिएकी हुन् । शनिबार विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा सामाजिक सञ्जालमा इनिस्टाग्राममा एक भिडियो सेयर गर्दै इराले यसबारे जानकारी दिएकी हुन् ।
भिडियोमा उनले भनेकी छिन् ‘ म चार वर्षदेखि डिप्रेशनमा छु । म चिकित्सक समक्ष गएको थिए । म क्लिनिकल डिप्रेस्ड हुँ । अहिले आराम महशुस गरिरहेको छु ।’ पछिल्लो एक वर्षदेखि मानसिक स्वास्थ्यका क्षेत्रमा केही योगदान गर्ने सोचमा रहेको र के गर्ने भन्नेबारे हालसम्म सोच्न नसकेको इराले बताएकी छिन् ।
Comments