काठमाडौँ । अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘कृ’ को निर्देशन गरेका सुरेन्द्र पौडेल यतिबेला नयाँ फिल्मको तयारीमा छन् । चैत पहिलो हप्ताबाट छायांकन सुरु हुने बताइएको फिल्मको यही बिहीवार औपचारिक निर्माण घोषणा गरिँदैछ । प्राप्त जानकारी अनुसार, फिल्मको नाम ‘बेन्जो’ राखिएको छ । तर, निर्देशक पौडेलले फिल्मको नाम र कास्टलाई लिएर कुनै जानकारी दिएका छैनन् ।
फिल्मीखबरलाई विश्वसनिय स्रोतले दिएको जानकारी अनुसार, फिल्ममा ‘कृ’ फेम्ड अभिनेत्री अदिती बुढाथोकी र नयाँ पुस्ताका लोकप्रिय गायक नितेशजंग कुँवर अनुबन्ध भैसकेका छन् । नितेशले यही फिल्मबाट हिरोको रुपमा डेब्यू गर्न लागेका हुन् । अदितीले भने ‘कृ’ पछि फिल्म गरेकी छैनन् । उनी लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी छन् ।
अदिती फिल्मको घोषणा कार्यक्रममा सहभागी हुन् र छायांकनका लागि मुम्बईबाट नेपाल ओर्लिसकेकी छन् । अहिले उनी र नितेश फिल्मको वर्कसपमा व्यस्त रहेको जानकारी प्राप्त छ । फिल्मको घोषणा लगत्तै गायक नितेश कन्सर्टका लागि अष्ट्रेलिया उड्दैछन् । उनी फागुन अन्तिमसम्म उतै हुनेछ । उनी अष्ट्रेलियाबाट फर्किएपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ ।
फिल्म ‘बेन्जो’ मा अभिनेत्री अदिती बुढाथोकी टाइटल क्यारेक्टरमा हुने स्रोत बताउँछ । लभस्टोरी जनरामा निर्माण हुने यो फिल्मबाट उनले दुई वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्न लागेकी हुन् । इन्टस्टाग्राममा आफ्नो हट एण्ड बोल्ड तस्विर साझेदार गरेर बेला बखतमा चर्चा आउने उनको गायक नितेशसँग केमेस्ट्री कस्तो देखिएला रु धेरैका लागि कौतुहलताको विषय बनेको छ ।
प्रकाशित मितिः २०७६ फाल्गुन १९ सोमबार
Comments