काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ मध्यपूर्व’का देशमा रिलिज हुने भएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार दुबई, ओमान, कतार, बहराइन र कुवेतमा अप्रिल २ बाट आमा रिलिज हुने छ ।
“मिडल इस्टमा पनि आमा रिलिज हुँदैछ । अप्रिल २ बाट मिडल इस्टका दुवई, ओमान, कतार, बहराइन र कुवेतमा रहेका नेपालीले चलचित्र हेर्न पाउनु हुनेछ,” दीपेन्द्र भन्छन्, “मिडल इस्टमा यति धेरै माग भएको यो पहिलो चलचित्र भएका वितरकले भनिरहनु भएको छ ।” मध्यपूर्वका लागि १२ लाखमा दीपेन्द्रले चलचित्र दिएका हुन् ।
‘आमा’ अमेरिका र अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ । नेपाली रहेका अन्य देशबाट पनि चलचित्रको माग भइरहेको दीपेन्द्र बताउँछन् ।
दीपेन्द्रको लेखन, छायांकन तथा निर्देशन रहेको चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला मुख्य भूमिकामा छन् । हस्पिटल ड्रामा ‘आमा’ लाई सर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।
प्रकाशित मितिः २०७६ फाल्गुन १९ सोमबार
Comments