काठमाडौं । बलिवुड अभिनेत्री तापसी पन्नुको फिल्म थप्पडले पहिलो विकइन्डमा बक्स अफिसमा राम्रो कमाई गरेको छ । रिलिजको पहिलो तीन दिनमा फिल्म तप्पडले १४ करोड ६६ लाख कमाई गरेको छ ।
बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार थप्पडले पहिलो दिन ३ करोड ७ लाख कमाई गरेको थियो भने दोस्रो दिन शनिबार ५ करोड ५ लाख र तेस्रो दिन आइतबार ६ करोड ५४ लाख कमाई गरेको छ ।
अनुभव सिन्हाले निर्देशन गरेको थप्पडमा तापसीका अलावा पवैल गुलाटी, माया सराओ, रत्ना पाठक, तनवी आजमी, कुमुद मिश्रा, गितिका वैद्य, राम कपुर र दिया मिर्जालगायतका कलाकारले अभिनय गरेका छन् । त्यस्तै यस फिल्मलाई भुषण कुमार, अनुभव सिन्हा र कृष्ण कुमारले निर्माण गरेका हुन् ।
प्रकाशित मितिः २०७६ फाल्गुन १९ सोमबार
Comments