काठमाडौं । बलिउड सुपरस्टार अक्षय कुमारको फिल्म सूर्यवंशीको ट्रेलर सोमवार सार्वजनिक भएको छ । रोहित शेट्टीको निर्देशनमा बनेको फिल्ममा अक्षय प्रहरी अधिकारी बनेका छन् । ट्रेलरलाई दर्शकहरूले राम्रो प्रतिक्रिया दिएका छन् ।
फिल्ममा कट्रिना कैफ पनि छिन् । ट्रेलर रिलिज भएपछि प्रशंसकहरूले यस फिल्मले तीन अर्ब भारु सजिलै कमाउने बताएका छन् ।फिल्म चैत ११ गते रिलिज हुँदैछ ।
प्रकाशित मितिः २०७६ फाल्गुन १९ सोमबार
Comments