काठमाडौं । सुन्दरी प्रतियोगिता मिस नेपालबाट ‘मिस युनिभर्स’ को टाइटल हटेको छ। हिडन ट्रेजरले आयोजना गर्ने मिस नेपाल प्रतियोगिताका विजेता र उपविजेताहरुले विश्वभर हुने विभिन्न ५ ठूला सौन्दर्य प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने गरेका थिए।
तर सन् २०२० को लागि भने हिडन ट्रेजरको तर्फबाट ‘मिस युनिभर्स’मा नेपालले प्रतिनिधित्व गर्न नपाउने भएको छ। ट्रेजरलाई यो वर्ष ‘मिस युनिभर्स’ प्रतियोगितामा नेपाललाई सहभागी हुन नदिने भन्ने इमेल आएको ट्रेजरले जानकारी दिएको छ।
मिस नेपाल वर्ल्डले मिस वर्ल्ड, मिस नेपाल युनिभर्सले मिस युनिभर्स, मिस नेपाल इन्टरनेशनलले मिस इन्टरनेशनल, मिस नेपाल अर्थले मिस अर्थ र मिस नेपाल सुप्रानेशनलले मिस सुप्रानेशनलमा प्रतिनिधित्व गर्ने अवसर दिइन्थ्यो।
प्रकाशित मितिः २०७६ फागुन १८ आइतबार
Comments