काठमाडौं । गीतकार दिपकराज पाठकको नयाँ सिर्जना ‘तिम्रो दिलको चाबी‘’ बोलको गीत युट्युवबाट सार्वजनिक भएको छ । गीतमा संगीतकार बिपिन आचार्यको संगीत र एरेन्ज रहेको छ भने माण्डवी त्रिपाठी र गायक राजन श्रेष्ठको स्वर रहेको छ ।
भिडियोमा गीतको शब्द अनुसार सुहाउँदो जोडी नायिका वर्षा शिवाकोटी र मोडल बिजु पार्कीले मोडलिङ गरेका छन् । भिडियोमा प्रमोद के भण्डारीको कोरियोग्राफी, बासु बरालको छायांकन र शिलन लम्सालको सम्पादन रहेको छ ।
भिडियोमा दिपकराज स्वयंले निर्देशन गरेका छन् । माया प्रेम अनि बिरहका धेरै चर्चित अनि गीत लेख्दै आएका सफल गीतकार दिपकराज पछिल्लो समय फरक फरक कन्सेप्टमा म्युजिक भिडियोको निर्देशनमा समेत ब्यस्त रहेका छन् ।
प्रकाशित मितिः २०७६ फागुन १३ मंगलबार
Comments