काठमाडौं । पछिल्लो समयकी चर्चित नायिका आँचल दवाडी शर्माको सोमबार चितवन निवासी डा.उदीप श्रेष्ठसँग विवाह हुँदैछ ।
सोमबार साँझ काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा वैवाहिक समारोह आयोजना गरिँदैछ । वैवाहिक समारोहमा बेहुला र बेहुली पक्षका नजिकका आफन्तलाई आमन्त्रण गरिएको छ ।
आँचल र उदीप केही समयदेखि प्रेममा थिए । दुवैले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।
प्रकाशित मितिः २०७६ फागुन १२ सोमबार
Comments