काठमाडौं । गायक सुरेन्द्र गुरुङले आफ्नो नयाँ गीत ‘त्रास’ युट्युवमार्फत सार्वजनिक गरेका छन् । गीतमा सुरेन्द्र गुरुङ (हाकिम) को शब्द र रचना तथा दिप विष्टको संगीत रहेको छ । भिडियो एलिशविक्रम शाहले निर्देशन गरेका हुन् ।
गीतमा दिपक शाहीको अभिनय, सुजन श्रेष्ठको छायांकन तथा सम्पादन र डिजाइनर शोन्य गुरुङको पहिरन रहेको छ ।
पाँच दर्जनभन्दा बढी गीत गाएका गुरुङले यस पटक भने फरकपन ल्याएको बताएका छन् । उनले यो गीत आफूले फरक शैली र तरिकामा देशको बारेमा गाउने प्रयास गरेको बताएका छन् ।
प्रकाशित मितिः २०७६ फागुन ०८ बिहिबार
Comments