काठमाडौं । बिग बोस १३ को उपाधि सिद्धाथए शुक्लाले जितेका छन् । टेलिभिजन क्षेत्रका चर्चित अभिनेता शुक्लाले बिग बोसको सबैभन्दा चर्चित तथा विवादित सिजनको उपाधि जितेका हुन् ।
उनले उपाधिसँगै ५० लाख भारु तथा कार जितेका छन् । साढे चार महिना चलेको रियालिटी शोको फाइनलमा ६ प्रतिस्पर्धी थिए । शुक्लाले आसिम रियाज, शहनाज गिल, रश्मि देसाई, आरती सिंह र पारस छाबडालाई पछि पारेका हुन् ।
फाइनलमा सबैभन्दा पहिले बाहिरएका छाबडाले १० लाख भारु लिएर आफूलाई विजेता बन्ने होडबाट हटाएका हुन् । त्यसपछि मतको आधारमा आरती सिंह, रश्मि देसाई र शहनाज गिल बाहिरिए ।
फाइनलमा यो शो को सबैभन्दा चर्चित जोडी थिए, सिद्धार्थ शुक्ला र आसिम रियाज । शोमा यी दुईबिच पहिले मित्रता र त्यसपछि दुश्मनी देखिएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ फागुन ४ आइतबार
Comments