एजेन्सी, ७ मंसिर । सुपरस्टार रजनीकान्तको सुपरहिट फिल्म ‘2.०’ को टीन्जर केही दिन अघि मात्र लन्च भएको छ । यो फिल्ममा बलिउड स्टार अक्षय कुमार पहिलो पटक भिलेन (खलनायक) को भूमिका देखिदैछन् ।
फिल्म ‘2०’ टीन्जरको लन्चमा रजनीकान्त, सलमान खान, करण जौहर, एमी जेक्शन र अक्षय कुमारसहितका बलिउड कलाकार थिए । त्यहाँ पुगेका सलमानले भने, ‘मलाई बोलाइएको थिएन, तर यहाँ नभएर बस्न सकेन । र, आफै आएँ ।’
सलमानका अनुसार रजनीकान्त र उनीबीच कुराकानी भएको थियो । त्यही मौकामा सलमानसँग काम गर्ने इच्छा रहेको बताउँदै रजनीकान्तले भने, यदी सलमानले चाहेमा म तुरुन्तै काम गर्न तयार छु ।’
Comments