काठमाडौं । बलिउडका चर्चित अभिनेता हुन् जोन अब्राहम । धेरैजसो नयाँ फिल्मका कारण चर्चामा आउने गरेका जोन अब फिल्म एट्याकमा देखिदैछन् । भारतिय मिडियाका अनुसार उनी अब फिल्म एट्याकमा ट्रिपल रोलमा देखिने बताइएको छ । उनले फिल्ममा तीनवटा भुमिका निभाउदैछन् ।
यस फिल्मको औपचारिक घोषणा नभएपनि उनी तीन भुमिकामा देखिने बारे चर्चा चलेको छ । आफु फिल्ममा ट्रिपल रोलमा देखिने बारे अभिनेता जोनले एक अन्तवार्तामा बताएका थिए । यस फिल्ममा अभिनेत्रीमा ज्याकलिन फर्नान्डिजले काम गर्ने बताइएको छ ।
प्रकाशित मितिः २०७६ माघ २८ मंगलबार
Comments