काठमाडौं, ६ मंसिर । नेपाली चलचित्र क्षेत्रमा करिब एक दशक राम्रै चर्चा पाएकी नायिका रेजिना उप्रेती आमा बनेकी छन् । तीन बर्ष अगाडी लण्डनमा बस्दै आएका सुरज पोखरेलसँग बिहे गरेकी उनले हिजो साँझ सवा सात बजे काठमाडौंको नर्भिक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
सर्जरी गरेर जन्माइएकी छोरीको तौल ३.३५ केजी रहेको छ । रेजिना र उनको छोरीको स्वास्थ्य राम्रो रहेको छ । रेजिनाले करिब ३ वर्ष अगाडी सुरज पोखरेलसँग विवाह गरेकी थिइन् ।
नायिका रेजिनालाई पुत्री लाभ
0
Share.
Comments