काठमाडौं । पछिल्लो समय नेपालमा बलिउड सेलिब्रेटीको आगमन निकै बढेको छ । केही हप्ता अगाडि मात्र अभिनेता गोविन्दा नेपाल आएका थिए । उनीभन्दा अगाडि अभिनेता सुनिल शेट्टी, आमिर खान, अक्षय कुमार, अभिनेत्री करिश्मा कपूर, कमेडियन कपिल शर्मालगायतका थुप्रै बलिउड सेलिब्रेटीले नेपाल भ्रमण गरिसकेका छन् । यसबीच, अभिनेत्री डेजी शाह पनि नेपाल आएकी छन् ।
सलमान खान स्टारर फिल्म ‘जय हो’ बाट अभिनयमा डेब्यू गरेकी उनी भैरहवामा रहेको टाइगर प्यालेस रिसोर्टको निमन्त्रणामा शनिबार नेपाल ओर्लिएकी हुन् । उनले शनिबार साँझ त्यहाँ आफ्नो प्रस्तुती दिएकी छन् । ‘सेलिब्रेटी नाइट्स’ कार्यक्रममा उनले आफूले अभिनय गरेका फिल्मका गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । डेजी आइतबार स्वदेश फर्किने बताइएको छ ।
फिल्म ‘हेट स्टोरी ३’ मा बोल्ड सिन दिएर चर्चामा आएकी उनी पछिल्लो पटक फिल्म ‘रेस ३’ मा देखिएकी थिइन् । पहिलो पटक नेपाल आएकी डेजीले नेपाल भ्रमणबारे सामाजिक सञ्जालमा भने कुनै जानकारी दिएकी छैनन् । टाइगर प्यालेस रिसोर्टको निमन्त्रणामा यसअघि बलिउड अभिनेत्रीहरु उवर्षी रौतेला, प्राची देसाई, अमिसा पटेललाई पनि नेपाल आइसकेका छन् ।
प्रकाशित मितिः२०७६ मंसिर १५ आइतवार
Comments