२ पटक नेशनल अवार्ड हात पारिसकेका निर्देशक, निर्माता, लेखक तथा साउथ अभिनेता पार्थिबन ओस्कार नोमिनेशनमा गल्ली ब्वाईलाई छनौट गर्दा असन्तुष्ट भएका छन् । उनले पनि भारतबाट ओस्कार नोमिनेशनको लागि आफ्नो फिल्म ‘ओठ सेरुप्पु साइज ७’ पठाएका थिए ।
उनले भने, ‘म आफ्नो फिल्म छनौटमा परेन भनेर असन्तुष्ट भएको होइन । मैले गल्ली व्बाई हेरेको पनि छैन । फिल्म राम्रो होला तर मैले गल्ली व्बाई हलिउड फिल्म ‘८ मिल’को कपी हो भन्ने समाचार पढेको थिए । फडरेशनले राम्रो फिल्म र राम्रो कहानीलाई प्रोत्साहन गर्नु पर्छ । यदि भारतबाट ओर्जिनल फिल्म गयो भने ओस्कर जित्न सक्छ । तर हलिउडको कपी फिल्मलाई ओस्कारको लागि छनौट गर्यो ।’
यो फिल्ममा केहि कलाकारको आवाज सुनिएपनि पार्थिबनको एकल प्रस्तुति रहेको छ । फिल्मको कहानी, स्क्रिप्ट, निर्देशन, निर्माण तथा अभिनय पार्थिबन एक्लैले गरेका हुन् ।एजेन्सी
प्रकाशित मितिः२०७६ मंसिर ११ बुधबार
Comments