काठमाडौं । बलिवुडका महानायक अमिताभ बच्चनले आफ्नो स्वास्थ्य बारे नयाँ खुलासा गरेका छन् ।
१९ अगस्टबाट टेलिभिजनको चर्चित कार्यक्रम कौन बनेगा करोडपति को नयाँ सिजन सुरु गरेका अमिताभले एक टिभी कार्यक्रममा अतिथिको रुपमा उपस्थित हुदै आफ्नो लिवर कलेजोले २५ प्रतिशत मात्र काम गरिरहेको बताएका हुन् । उनले आफु यस अघि टिबि र हेपाटाईटिस बि बाट समेत पिडित भएको बताउदै आफ्नो लिवरको ७५ प्रतिशतले काम नगरेको बताएका हुन् ।
अमिताभले ८ बर्षसम्म आफुलाई टीबी भएको बारे जानकारी नभएको बताउदै यस्तो रोगको जाँच गरेर मात्र थाहा हुनसक्ने बताए ।
यस्ता रोगको सजिलै उपचार हुने हुनाले यस बारेमा खुलेर कुरा गर्नुपर्ने अमिताभले बताउदै आएका छन् । उनले जनचेतनाका लागि पनि आफ्नो स्वास्थ्य र रोगका बारेमा पटक पटक जानकारी दिई आएका छन् ।
७६ बर्षिय अमिताभ यस उमेरमा पनि बलिवुडमा निकै सक्रिय रहेका छन् । अहिले करोडपति शोको एघारौ सिजन सुरु गरेका अमिताभको पछिल्लो फिल्म बदला रिलिज भएको थियो । अब उनको अर्को फिल्म रणवीर कपुर र आलिया भट्टसँग ब्रह्मास्त्र रिलिजको तयारीमा छ । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ ४ बुधबार
Comments