काठमाडौं ।चर्चित अभिनेता आर्यन सिग्देलको नयाँ फिल्म ‘च च हुई’ को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको पहिलो पोस्टरमा आर्यनले फिल्मको अभिनेत्री मिरुना मगरलाई पाउन खोजिरहेका छन् भने भोलाराज सापकोटाले उनलाई पक्रिरहेको देख्न सकिन्छ । सार्वजनिक गरिएको अर्को पोस्टरमा यी तिन कलाकारका साथै माओत्से गुरुङ पनि रहेका छन् ।
फिल्म मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने पक्का भएको छ । विदेशबाट देश राष्ट्रियता सम्झेर देश फर्किने युवाको भूमिका निर्वाह गरेका आर्यन सिग्देलको मुख्य भूमिका रहेको छ । फिल्ममा आर्यनका साथ माओत्से गुरुङ, भोलाराज सापकोटा, पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ललगायत कलाकारहरुको अभिनय रहेको छ । साम्तेन भुटियाले निर्देशन गरेको यस फिल्मलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा रहेर अमृत घोले लामाले निर्माण गरेका हुन् ।
सुशन प्रजापतिको छायांकन रहेको यस फिल्मलाई नेपालका साथै हङकङको नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका रमणीय स्थानमा छायांकन गरिएको छ । सिजन दाहाल र सन्देश अर्यालको कथामा निर्माण भएको यस फिल्मको गीतमा राजनराज सिवाकोटी र रोशन थापाले संगीत भरेका छन् । साम्तेन त्यान्द्रो, साढे सात, लेटर, अनागत जस्ता धेरै फिल्म निर्देशन गरिसकेका छन् । साम्तेनलाई एकै प्रकारको फिल्म निर्देशन गरिरहेको आरोप लाग्दै आए पछि उनले यसपटक यस फिल्ममा भिन्न तरिकाले फिल्मको निर्देशन गरेको बताएका छन् ।
प्रकाशित मितिः २०७६ भदौ १ आइतबार
Comments