काठमाडौं । जग्गाको बहानामा ठगी गर्दै हिँडेकी कलाकार तथा निर्मात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन् । जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोप रहेकी जोशी इटहरीबाट पक्राउ परेकी थिइन् । ४० हजार धरौटी बुझाउन नसके पछि कलाकार जोशी जेल चलान भएको प्रहरीले जनाएको छ ।
लामो समय देखि इटहरीमा लुकीछिपी बस्दै आएकी जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको थियो । केहि समय अघि महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा जोशीलाई इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको थियो ।
सुवर्ण कुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीको आधारमा कलाकार जोशीलाई पक्राउ गरी काठमाडौँ लगिएको थियो ।
प्रकाशित मितिः २०७६ वैशाख १६ सोमबार
Comments