काठमाडौं । नेपाली चलचित्र ‘कप्स’ को ट्रेलर सार्वजनिक भएको छ । उक्त ट्रेलरलाई युटुबमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको यस चलचित्रको ट्रेलरमा मुख्य भूमिका रहेको अभिनेता अनुप विक्रम शाहीको भरपुर एक्सन देखाइएको छ । प्रायल् खल पात्रको भूमिकामा देखिँदै आएका अनुप विक्रमले डीएसपी अमन सिंहको भूमिका निर्वाह गरेका छन् ।
एक्शन तथा लभस्टोरीमा आधारित रहेको चलचित्रको ट्रेलरमा सत्य सेवा सुरक्षणम् नारा बोकेर अपहरणकारी, भ्रष्ट्राचारी, गुन्डागर्दीविरुद्ध अनुपलाई उतारिएको छ । आर्या मुभिज र सारा श्रीमुभिजको संयुक्त व्यानरमा निर्माण भएको यस फिल्मलाई सम्राट सापकोटाले लेख्नुका साथै निर्देशन पनि गरेका हुन् ।
चलचित्रमा अनुपविक्रम शाहीका साथ सन्दीपा लिम्बू, अमीत गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायत कालकारहरूको अभिनय रहेको छ ।
जेठ १७ बाट देशभर प्रदर्शनमा आउने फिल्मलाई राम शाक्यले निर्माण गरेका हुन् । कविराज गहतराजको नृत्य निर्देशन रहेको फिल्मलाई विपिन मल्लको सम्पादन गरेका छन् । सुसन प्रजापतिको छायाँकनमा तयार भएको फिल्ममा विजय घिमिरेले संगीत भरेका छन् ।
प्रकाशित मितिः २०७६ वैशाख १६ सोमबार
Comments