काठमाडौंं । ब्राजिलको साव पावलो फेसन विकमा ‘क्याटवाक’ क्रममा बेहोस भएका पुरुष मोडलको निधन भएको छ । २६ वर्षका मोडल क्वाटवाक गर्ने क्रममा बेहोस भएपछि अस्पताल लगिएको थियो ।
टेल्स सोर्स नाम गरेका मोडलले फेसन विकमा ओक्स ब्राण्डको प्रतिनिधित्व गरेका थिए । उनलाई अस्पताल लगिए पनि होसमा आउन सकेनन् र डाक्टरले मृत घोषित गरे । दर्शकले सुरुमा उनी लड्दा त्यो शो को अंश रहेको ठानेका थिए । केही बेरमै उद्धारकर्मी आएर उनलाई लगे ।
फेसन विकको आयोजकले उनको निधनको पुष्टि ट्वीटर मार्फत गरेको छ तर विस्तृत जानकारी दिएको छैन । क्वाटवाक स्टेजबाट फर्किने क्रममा उनी लडेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख १६ सोमबार
Comments