मुम्बई । बलिवुड अभिनेत्री श्रुति हसनले आफ्ना विदेशी प्रेमी माइकल कार्सेलसँग ब्रेकअप भएको मिडिया रिपोर्ट आएको छ । श्रुतिले लामो समयदेखि माइकलसँग अफ्येर्समा रहेको बताइदै आएको थियो । उनीहरुलाई धेरै पटक सार्वजनिक ठाउमा समेत देखिदै आएको थियो । अब दुवैबीच ब्रेकअप भएको रिपोर्ट आएको छ । श्रुतिले हालै आफ्ना सामाजिक संजालको एकाउन्टबाट माइकलका तस्बीरहरु हटाएपछि उनको ब्रेक भएको रिपोर्ट आएको हो ।
त्यस्तै माइकलले भने आफ्नो ट्वीटरमा ब्रेकअपको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘जीवनले हामीलाई ग्लोबको विपरित दिशामा लागेको छ, हामी एक्लै एक्लै हिड्नुपर्ने छ, तर यी महिला मेरो लागि सधै उत्कृष्ट रहने छिन् ।’
पछिल्लो समय उनीहरुले विवाह गर्न लागेको खबर आइरहेका बेला उनीहरुको ब्रेकअप भएको छ । श्रुति चर्चित अभिनेता कमल हसनकी छोरी हुन् भने माइकल अमेरिकन लेखक तथा अभिनेता हुन् । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख १४ शनिबार
Comments