काठमाडौ । नेपाली चलचित्र ‘बीर बिक्रम २’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको ३ मिनेट ५ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
जेठ ३ गतेबाट प्रदर्शनमा आउने चलचित्रको लभ, एक्सन र रोमान्स समेटिएको ट्रेलर रिलिज गरिएको हो । ट्रेलर चलचित्रका मुख्य पात्र पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन र बुद्धि तामाङ फिचर्ड छन् ।
चाम्स इन्टरटेन्मेन्ट र लन्डन सिने आई प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा पल, नाजित, बर्षा र बुद्दीको अलावा देशभक्त खनाल, बिनिशा भण्डारी, बिनोद सुवेदी खत्री लगायतको पनि अभिनय रहेको छ ।
मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्रमा अर्पण थापा कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
त्यस्तै प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, राजनराज सिवाकोटी, ताराप्रकाश लिम्बुको संगीत रहेको छ । यस चलचित्रमा हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन र कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
प्रकाशित मितिः २०७६ वैशाख १३ शुक्रबार
Comments