काठमाडौं । बलिवुड अभिनेता अर्जुन रामपाल र उनकी प्रेमिका गैब्रिएला डेमेट्रिएडस छिट्टै मातापिता बन्ने भएका छन् । अभिनेता रामपालले सामाजिक संजालबाट आफ्नी प्रेमिका गैब्रिएला डेमेट्रिएडस गर्भवती भएको खुलासा गरेका छन् ।
उनले लेखेका छन् , तिमीसँग हुने र फेरी सबै नयाँ सुरुवात गर्दै यस बच्चाको लागि धन्यवाद । गत जेठमा आफ्नी पत्नी मेहर जेसियासँगको डिभोर्सपछि गैब्रिएलासँग अफ्येर्समा रहेका छन् । उनीहरुले अहिलेसम्म विवाह गरेका छैनन् भने विवाह अघि नै उनीहरुले नयाँ बच्चाको स्वागत गर्ने तयारी गरेका छन् ।
गैब्रिएला दक्षिण अफ्रिकाकी सुपर मोडल हुन् । उनी सन् २००९ की मिस आइपिएल बलिवुडको उपाधि जितेकी थिइन् । गैब्रिएला एफएएमले जारी गरेको विश्वका सय सुन्दर महिलाको सुचीमा समेत परेकी थिइन् ।
अर्जुन रामपालले गत जेठमा आफ्नो २० बर्षे वैवाहिक जीवन टुंगाउदै डिभोर्स गरेका थिए । अर्जुन र मेहर जेसियाबीच १९९८ मा विवाह भएको थियो । सन १९८६ की मिस इंडिया समेत रहेकी मेहरले आफ्ना पतिसँग मिलेर आई सी युु नामक फिल्म पनि बनाएकी थिइन् । अर्जुनका पुर्व पत्नी मेहरबाट दुई छोरी माहिका र माहिरा रहेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख ११ बुधबार
Comments