काठमाडौं । भारतीय सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ को ट्रेलर सोमबार रिजिल भएको छ । ट्रेलर रिलिजको करिब २१ घण्टामै डेढ करोडभन्दा बढिले यूट्युबमार्फत हेरिसकेका छन् । ट्रेलर धेरैले मनपराएको प्रतिक्रिया पनि आइरहेका छन् ।
यसैबीच ‘भारत’को ट्रेलरमा भएको एक संवादका कारण ट्रेलर भाइरल भइरहेको छ । संवादमा कैटरीना कैफले सलमान खानलाई ‘यति धेरै ज्ञानको जरुरत आवश्यक छैन ।’ भनेको शब्दले ट्रेलर भाइरल बनेको हो ।
ट्रेलरको संवादमा सलमानले आफ्नो नाम ‘भारत’ राख्नुको कारण बताएको विषयले ट्रेलरलाई भाइरल बनाएको छ । संवादमा सलमानले आफ्नो बाबुले देशको नाममा आफ्नो नाम राखिएदिएको र यसको अगाडि पछाडि सरनेम राख्दा शब्दको ओझ घट्ने बताएका छन् ।
सोमबार सार्वजनिक गरिएको ट्रेलरमा नायक सलमान खान नै मुख्य केन्द्रमा छन् । अन्य चलचित्रभन्दा यसमा सलमान खानलाई धेरै फरक-फरक रुपमा देखाइएको छ । सलमानलाई युवादेखि बुढ्यौली अवस्थासम्म देखाइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ वैशाख १० मंगलबार
Comments